logo

२०८३ साउन १३ बुधबार

गैरीगाउँमा चारजनाको हत्याका अभियुक्त भण्डारी जेल चलान

गैरीगाउँमा चारजनाको हत्याका अभियुक्त भण्डारी जेल चलान


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चारजनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्याका अभियुक्त भण्डारीलाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।

    उनले गत भदौ २९ गते चार जनाको हत्या गरेका थिए । भण्डारीले सःमिलमा बसेर काम गर्दै आएका दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

    प्रहरी परिसर काठमाडौंको टोलीले भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो । जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन् । हत्या गरेपछि झोलामा खुकुरी बोकेर सिन्धुपाल्चोक जाने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend