logo

२०८३ साउन १३ बुधबार

कांग्रेस संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा

कांग्रेस संसदीय दलको नेताबाट उद्धव थापाले दिए राजीनामा


हाम्रो राष्ट्र
  • शनिबार, २७ असोज २०८०
  • 1.3K
    SHARES

    विराटनगर । कोसी प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । उनले शनिबार कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।

    थापाले आफूले नैतिक रूपमा राजीनामा दिएको बताएका छन् । कोशी प्रदेशमा आजै मात्र कांग्रेसको संस्थापनइतर समूहका नेता केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

    लगत्तै संस्थापन पक्षका थापाको राजीनामा आएको हो । कोशीमा दुई दुई पटक मुख्यमन्त्री बनेका थापाको दुबै पटकको सरकार सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । आफूले दुई पटक मुख्यमन्त्री बन्दा पनि आफूले त्यसलाई जोगाउन नसकेको स्वीकार गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend