logo

२०८३ असोज ७ बुधबार

हमासको वायु सेना प्रमुख हवाई हमलामा मारिएका इजरायली सेनाको दाबी

हमासको वायु सेना प्रमुख हवाई हमलामा मारिएका इजरायली सेनाको दाबी


हाम्रो राष्ट्र
  • शनिबार, २७ असोज २०८०
  • 1.6K
    SHARES

     

    गएराति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायु सेनाले बताएको छ । हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजराइली वायु सेनाले उल्लेख गरेको छ ।

    इजराइली वायु सेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतङ्कवादीहरूलाई निर्देशन दिनका लागि धेरै हदसम्म जिम्मेबार रहेको बताएको छ ।

    “साथै पछिल्लो दिनमा वायु सेनाको लडाकु जेटहरूले हमास आतङ्कवादी सङ्गठनको मुख्यालयमा आक्रमण गरे जहाँबाट उक्त सङ्गठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो”, सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजराइली वायु सेनाले भनेको छ, “शनिबारको घातक हमलामा आतङ्कवादीहरूलाई निर्देशन दिनेमध्येका एक गाजा सहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन् ।”

    गएराति भएको अर्को छुट्टै आक्रमणमा इजराइली वायु सेनाले गत शनिबार हमासले गरेको आक्रमणका क्रममा इजराइलमा घुसपैठ गर्ने हमास कमाण्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको बताएको छ ।

    हमासल आतङ्कवादी सङ्गठनविरुछ इजराइललाई रक्षा गर्ने क्रममा इजराइली वायु सेना र इजराइली प्रतिरक्षा फौजले आक्रमणलाई जारी राखेको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend