logo

२०८३ साउन १३ बुधबार

मनाङ एयरका पाइलट सेढाईंलाई उपचारका लागि लगियो मुम्बइ

मनाङ एयरका पाइलट सेढाईंलाई उपचारका लागि लगियो मुम्बइ


हाम्रो राष्ट्र
  • आइतबार, २८ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

    शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । परिवारका सदस्य र मनाङ एयरको सल्लाहमा उनलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगिएको हो ।

    सेढाईंलाई थप उपचारका लागि मुम्बईको नेशनल बर्न सेन्टरमा रेफर गरिएको छ। उनलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमार्फत् त्यसतर्फ लगिएको हो ।

    ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा निशान्त ढकाल, डा रामकृष्ण बुढाथोकी, डा आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलिजंग शाहीले सेढाईंलाई नेशनल बर्न सेन्टर पुर्याएका थिए। ह्याम्सको टोलीले आइतबार बिहान १ बजे मुम्बईको नेशनल बर्न सेन्टरमा बिरामी हस्तान्तरण गरिसकेको छ ।

    शनिबार बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो।

    लेक लागेका आरोहीलाई लिन गएको हेलिकोप्टरमा दुर्घटना हुँदा पाइलट सेढाईं मात्रै थिए। सेढाईंको मुख, हातखुट्टा लगायत शरीरको ४५ देखि ५० प्रतिशत भागमा जलन भएको ह्याम्स अस्पतालले जनाएको छ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend