logo

२०८३ साउन १३ बुधबार

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ


हाम्रो राष्ट्र
  • आइतबार, २८ असोज २०८०
  • 1.3K
    SHARES

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको लिएका छन् । आइतबार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।

    कार्की एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आजै सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् ।

    कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend