logo

२०८३ साउन १३ बुधबार

कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने


हाम्रो राष्ट्र
  • सोमबार, २९ असोज २०८०
  • 1.4K
    SHARES

    विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् ।
    संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
    मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend