logo

२०८३ साउन १३ बुधबार

परिवर्तन उल्ट्याउन खोज्नेलाई परास्त गर्न जरुरी छ : प्रधानमन्त्री

परिवर्तन उल्ट्याउन खोज्नेलाई परास्त गर्न जरुरी छ : प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • सोमबार, २९ असोज २०८०
  • 1.1K
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मञ्च हो भन्ने बुझ्न नसकिएको बताएका छन् । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोशी प्रदेश प्रकरणमा कांग्रेसबारे प्रष्ट हुन नसकेको बताएका हुन् ।

    उनले भने, ‘पहिलोचोटी एमालेभित्र ठूलठूला चिरा परेको देखिएको छ । अब कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो बुझिसाध्य छैन ।’

    प्रधानमन्त्रीले कोसी प्रदेशमा लाजमर्दो दुईवटा गठबन्धन बनेको बताए । उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालासँग बालुवाटारमा सहमति गरेपछि ढुक्क भएको ठानेकोमा त्यस्तो हुन नसकेको बताए ।

    प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कांग्रेसको मात्रै मन्त्री बन्ने सहमति भएपनि एमालेले मन्त्री पठाएकोमा आपत्ति जनाए । उनले भने, ‘एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो । हामीले विश्वासको मत लिनुअघि कांग्रेसबाट एउटा मात्रै मन्त्री बनाउने भनेका थियौँ । फेरि एमालेको पनि त्यहाँ छिराइहालेछन् ।’

    प्रधानमन्त्रीले भ्रष्टाचारका केही फाइल खोलिने बताए । उनले भने, ‘सुन तस्करीको तपाईंहरुले देख्नुभएको छ । मैले अहिले भन्न मिल्दैन, अरु पनि केही फाइल छिट्टै खुल्दै छन् ।’ प्रधानमन्त्रीले भुटानी शरणार्थीको प्रक्रिया अघि बढ्दै गरेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend