logo

२०८३ साउन १३ बुधबार

कतारको मध्यस्थतामा युक्रेनी चार बालबालिकालाई रूसबाट फिर्ता गराउने सहमति

कतारको मध्यस्थतामा युक्रेनी चार बालबालिकालाई रूसबाट फिर्ता गराउने सहमति


हाम्रो राष्ट्र
  • मंगलबार, ३० असोज २०८०
  • 1.2K
    SHARES

    मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि रूस लगिएका चार जना युक्रेनी बालबालिकालाई कतारको मध्यस्थतापछि आफन्तसँग पुनर्मिलन गराइने भएको छ ।

    हजारौं युक्रेनी बालबालिकालाई कब्जामा रहेको इलाकाबाट रूस ल्याएको आरोप रूसमाथि लाग्दै आएको छ ।

    दुईदेखि १७ वर्ष उमेर समूहका ती बालबालिका मस्कोस्थित कतारी दूतावासमा बस्दै आएका छन् भने दोहाले रूसी र युक्रेनी अधिकारीबीच मध्यस्थता गरेको एक कूटनीतिज्ञले जानकारी दिए ।

    तीमध्ये एक बालकको आमालाई रूसमा हिरासतमा राखिएको छ र अर्को बच्चा जसले युद्ध सुरु हुँदा रूसको अस्पतालमा छँदा आफ्नी आमासँग सम्पर्क टुटेको थियो ।

    अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बाल अधिकार आयुक्त मारिया–ल्भोभा बेलोभाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    नाम नबताउने शर्तमा ती कूटनीतिज्ञले भने, “युक्रेनी र रूसी दुवै मुलुकका अधिकारीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई युक्रेन फिर्ता हुन सहयोग गरिरहेका छन् ।”

    “नाबालिगहरू, रूसमा उनीहरूको परिवारबाट अलग भएको समयमा, रूसी सरकारले प्रासङ्गिक हेरचाह र उपचार प्रदान गरेको थियो । चारै जना कतार, इस्टोनिया, पोल्याण्ड, लातभिया र लिथुआनियालगायत तेस्रो मुलुक हुँदै युक्रेन जान लागेका हुन् ।

    कतारले ती बालबालिकाको स्वदेश फिर्तीलाई ‘सकारात्मक कदम र युक्रेनी र रूसी सरकारबीचको सद्भावको सङ्केत’ भनेको छ ।

    अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री लोलवाह अल खातेरले एक विज्ञप्तिमा भनेका छन्, “हामीले बुझेका छौँ, आजको सफलता पहिलो कदम मात्र हो, तर यस प्रक्रियामा दुवै पक्षले देखाएको प्रतिबद्धता र खुलापनबाट हामी उत्साहित छौं ।”

    उनले भने, “हामी आशा गर्दछौं कि तनाव कम गर्न र दुई पक्षबीच विश्वास निर्माण गर्ने उद्देश्यले थप पहलहरू हुनेछन् ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend