logo

२०८३ साउन १३ बुधबार

इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषदमा अस्वीकृत

इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषदमा अस्वीकृत


हाम्रो राष्ट्र
  • मंगलबार, ३० असोज २०८०
  • 1.6K
    SHARES

     

     

    मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको हो ।

    रुसले परिषदमा गाजामा मानवीय आधारमा युद्धविराम गर्नुपर्ने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्तावको पक्षमा चीन, ग्याबोन, मोजाम्बिक, रुस र संयुक्त अरब इमिरेट्सले समर्थन गरेका थिए । सोमबार भएको मतदानमा संयुक्त अधिराज्य, अमेरिका, फ्रान्स र जापानले विपक्षमा मतदान गरेका थिए ।

    इजराइलमाथि हमासले गरेको आक्रमणप्रति रुसी प्रस्तावले हमासको आलोचना नगरेको भन्दै फ्रान्स, अमेरिका र संयुक्त अधिराज्यले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । छ मुलुक अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्विट्रल्यान्डले मतदानमा भाग लिएनन् । रुसी प्रस्ताव अघि बढ्नका लागि उक्त प्रस्तावको पक्षमा नौ मत आवश्यक थियो ।

    संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसले इजराइलमाथि हमासको आक्रमणलाई उपेक्षा गरेको र पीडितहरूको अपमान गरेको भन्दै अमेरिकाले रुसको प्रस्तावलाई समर्थन गर्न नसक्ने बताए ।

    “हमासको आलोचना नगरेर रुसले आतङ्कवादी समूहलाई आश्रय दिइरहेको छ जसले निर्दोष सर्वसाधारणप्रति अत्याचार गरेको छ, यो अपमानजनक, कपटपूर्ण र अक्षम्य छ”, उनले भने ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend