logo

२०८३ साउन १३ बुधबार

फ्रान्सका राष्ट्रपति म्याक्रोन इजरायल भ्रमणमा जाने

फ्रान्सका राष्ट्रपति म्याक्रोन इजरायल भ्रमणमा जाने


हाम्रो राष्ट्र
  • बुधबार, १ कार्तिक २०८०
  • 1.3K
    SHARES

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इजरायल भ्रमण गर्ने भएका छन् । इजरायलमा हमास समूहले गरेको घातक हमलापछि हुन लागेको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

    हमास समूहद्वारा अक्टोबर ७ देखि इजरायलमा गरिएका शृंखलाबद्ध हमलामा परी १४ सय इजरायलीको हत्या भएको छ भने करिब २ सय जनालाई अपहरण गरिएको छ । हमासले अपहरण गरेका मध्ये एक जना फ्रान्सेली नागरिक माया स्किम सोमबार टेलिग्राममा पोस्ट गरिएको भिडियोमा देखापरेका थिए ।

    भिडियो सार्वजनिक भएपछि म्याक्रोनले उनको तत्काल निःशर्त रिहाईको माग गरेका छन् । यसअघि अक्टोबर ८ मा म्याक्रोनले इजरायली समकक्षी आइज्याक हर्जोग र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गरेका थिए । इजरायलमा गरिएको आक्रमणको निन्दा गर्दै फ्रान्सले पीडित देशलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend