काठमाडौं । इजरायलबाट उद्धार गरिएका १८ नेपाली बुधबार बिहान भारत आइपुगेका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माका अनुसार भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत इजरायलबाट भारतसम्म ल्याइदिएको हो ।
उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको जानकारी राजदूत शर्माले दिएका छन् । यसअघि पहिलो चरणमा सरकारले इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याएको थियो ।
यी हुन् उद्दार गरिएका नेपालीहरु
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाँण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सिरता गुरुङ
उर्मिला श्रेष्ठ
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend