logo

२०८३ साउन १५ शुक्रबार

प्राधिकरणद्वारा जेठदेखि असोजसम्म ११ अर्ब ८० करोडको विजुली बिक्री

प्राधिकरणद्वारा जेठदेखि असोजसम्म ११ अर्ब ८० करोडको विजुली बिक्री


हाम्रो राष्ट्र
  • बुधबार, १ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणले जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारतमा निर्यात गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ ।

    तीन महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । जेठको पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो।

    त्यतिखेरको बिजुलीको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो । साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको प्राधिकरणले जनाएको छ ।

    साउन, भदौ र असोजमा निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रति युनिट क्रमश: ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा छ।

    विद्युत् निर्यातबाट दुई देशबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री गर्न थालेको थियो ।

    प्राधिकरणद्वारा जेठदेखि असोजसम्म ११ अर्ब ८० करोडको विजुली बिक्री

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend