logo

२०८३ साउन १३ बुधबार

युक्रेनमाथि आक्रमणका लागि पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

युक्रेनमाथि आक्रमणका लागि पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.5K
    SHARES

     

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गरिरहेको रोस्तोभ–अन–डनस्थित सैन्य मुख्यालयको भ्रमण गरेका छन् ।
    “पुटिनले पर्मबाट फर्किने क्रममा रोस्तोभ–अन–डनमा रुसी सशस्त्र फौजको मुख्यालयको भ्रमण गर्नुभयो”, क्रेमलिनले विज्ञप्तिमा भनेको छ । युराल्सस्थित पर्म सहरमा पुटिनले बिताएका थिए ।

    सेना प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेनमाथिको आक्रमणको अवस्था बारेमा पुटिनलाई जानकारी गराएका थिए । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो ।

    युक्रेनले रुससँगको युद्धमा पहिलोपटक अमेरिकाले दिएको एटीएसीएमएस लामो दूरीको मिसाइल प्रयोग गरेको मङ्गलबार घोषणा गरेपछि पुटिनले सैन्य मुख्यालय भ्रमण गरी सेनाप्रमुखसँग भेट गरेका हुन् ।

    बुधबार पुटिनले एक सय ६५ किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलले युद्धमा कुनै प्रभाव नपार्ने भन्दै यसले युक्रेनको ‘पीडा’ लाई बढाउने मात्र बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend