logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सापकोटालाई सल्लाहकार नियुक्त गरेको हो । सापकोटाले आफूले प्रधानन्त्रीको परराष्ट्र सल्लाहकारका रुपमा पत्र बुझिसकेको जानकारी दिए ।

    प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध जानकार एवं परराष्ट्रविदका रुपमा परिचित छन् । हाल उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन् ।

    यसअघि सापकोटाले नेपाल सरकारको महत्वपूर्ण थिकंटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend