काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अप्ठ्यारोमा जाने बताउनुभएको छ । नयाँ सत्ता समीकरणले जनतामा नयाँ आशा जगाउन नसके देश अफट्यारोमा जाने उहाँको भनाइ थियो । मंगलबार सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा बोल्दै दाहालले यस्तो दाबी गनुभएको हो । उहाँले सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम घोषणाका कुरामा भन्दा कार्यान्वयनको काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।
न्यूनतम साझा कार्यक्रमलाई व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेवारी बोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्नेमा उहाँको जोड छ । दाहालले नयाँ सत्ता समीकरण र सङ्कल्पले पनि जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अप्ठ्यारोमा जाने बताउनुभएको हो । इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभूति दिनेगरी काम गर्न मन्त्री र कर्मचारीलाई निर्देशन दिनुभयो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend