logo

२०८३ साउन १३ बुधबार

रामदेवलाई सर्वोच्च अदालतको झट्का, अवहेलना मुद्दा किन नचलाउने भन्दै हाजिर हुन आदेश

रामदेवलाई सर्वोच्च अदालतको झट्का, अवहेलना मुद्दा किन नचलाउने भन्दै हाजिर हुन आदेश


हाम्रो राष्ट्र
  • बुधबार, ७ चैत्र २०८०
  • 3.4K
    SHARES

    Baba Baba

    काठमाडौं । भारतको सर्वोच्च अदालतले योगगुरु रामदेव र पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई पतञ्जली आयुर्वेदको भ्रामक औषधिको विज्ञापन प्रकरणलाई लिएर अदालतमा उपस्थित हुन आदेश दिएको छ । रामदेव पतञ्जलीका सह–संस्थापक हुन् । २७ फेब्रअरीमा अदालतले पतञ्जली आयुर्वेदका केही विज्ञापनमा प्रतिबन्ध किन नलगाउने भनेर कारण देखाउ आदेश जारी गरेको थियो । जवाफ नआएपछि अदालतले उनलाई हाजिर हुन आदेश दिएको हो । अदालतले रामदेवविरुद्ध अदालतको अवहेलना मुद्दा किन नलगाउने भनेर पनि सोधेको छ ।

    सर्वोच्च अदालतले इन्डियन मेडिकल एसोसिएसन (आईएमए) द्वारा अगस्ट १७, २०२२ मा दायर उजुरीको सुनुवाई गर्दैछ । २१ नोभेम्बर, २०२३ मा अदालतले पतञ्जलीलाई यस्तो विज्ञापन नदिन निर्देशन दिएको थियो । तर, कम्पनीले अदालतको आदेशको बेवास्ता गर्दै आएको छ । अदालतले २७ फेब्रुअरी २०२४ मा जारी आदेशमा भनेको थियो, ‘पतञ्जलीले आफ्नो औषधिले निश्चित रोग निको हुन्छ भन्ने भ्रामक दाबी गरेर देशलाई ठगिरहेको छ, जबकि यसको ठोस प्रमाण छैन ।’ अदालतले पतञ्जलीका विज्ञापनलाई लिएर के कारबाही गरियो भनेर सरकारलाई पनि सोधेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend