logo

२०८३ साउन १३ बुधबार

शालिकराम सम्पर्क बिहिन, खोजी गरिदिन परिवारको आग्रह

शालिकराम सम्पर्क बिहिन, खोजी गरिदिन परिवारको आग्रह


हाम्रो राष्ट्र
  • बिहिबार, ८ चैत्र २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । नुवाकोट विदुर नगरपालिका–११ गेर्खु निवासी ५३ वर्षीय शालिकराम घिमिरे केही दिनदेखि सम्पर्क विहीन भएका छन्। उनी सम्पर्क विहीन भएपछि परीवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।

    घिमिरे सोमबार विहान ६ बजे काठमाडौ तारर्केश्वर नगरपालिका सानो पुल स्थित आफन्तको घरबाट चिया पिउन जाने भन्दै निस्किएका थिए। ५ दशमलव ६ फिट उचाइका वर्ण रातो , खैरो ज्याकेट कपडाको कालो पाईन्ट ढाँका टोपि लगाएका घिमिरे मोबाइलबाट समेत सम्पर्क विहिन छन ।

    बेपत्ता भएको भोलिपल्ट तनहुँको देवघाटमा सिसिटिभी फुटेजमा देखिएको र हालसम्म सम्पर्कमा नआएकाले र आफन्तकोमा समेत नगएकाले खोजीकार्यको लागि सहयोग गरिदिन परिवारले आग्रह आग्रह गरेका छन्। त्यस्तै, प्रहरीले पनि शालिकराम घिमिरेलाई कतै भेटे नजिकैको प्रहरी कार्यालय तथा आफन्तहरुलाई बुझाइदिन वा ९८५१०४५४१४ वा सम्पर्क गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend