logo

२०८३ साउन १३ बुधबार

कोशीमा सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की

कोशीमा सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की


हाम्रो राष्ट्र
  • शुक्रबार, ९ चैत्र २०८०
  • 1.8K
    SHARES

    df]/ª, ( r}t M gf/bd'lg–kljqf n'OF6]n :d[lt sf]if df]/ª u|fdyfg ufpFkflnsf–@ åf/f z'qmaf/ emf]/fxf6df cfof]lht …lemns'df/L n'OF6]n :d[lt kqsfl/tf k'/:sf/ ljt/0f ;df/f]xdf dGtJo JoQm ub}{ sf]zL k|b]zsf d'VodGqL s]bf/ sfsL{ . tl:a/ M dgf]h bfxfn÷/f;;
    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताउनुभएको छ ।
    नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा आज मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताउनुभएको हो । “पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकाले उहाँको नै भावनाअनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु”, उहाँले भन्नुभयो, “त्यसैले पूर्वमुख्यमन्त्रीले दिनुभएकै मन्त्रअनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणको बजेटसमेत कार्यान्वयनमा लागेको छु ।”
    मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताउनुभएको हो । “संविधानअनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन”, उहाँले भन्नुभयो, “त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend