logo

२०८३ साउन १३ बुधबार

युक्रेनको ऊर्जा पूर्वाधार रूसी आक्रमणको निशानामा

युक्रेनको ऊर्जा पूर्वाधार रूसी आक्रमणको निशानामा


हाम्रो राष्ट्र
  • शुक्रबार, ९ चैत्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । रूसले शुक्रबार बिहान युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरी धेरै क्षेत्रहरूको विद्युत सुविधाहरूलाई क्षति पु¥याएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

    युक्रेनी स्वामित्वमा रहेको ऊर्जा कम्पनी युक्रेनेर्गोका प्रमुख कार्यकारी अधिकारी भोलोदिमिर कुद्रिट्स्कीलाई उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले युक्रेनी ऊर्जा प्रणालीमा भएको यो हवाई आक्रमण ‘सम्भवत : सबैभन्दा ठूलो आक्रमण’ भएको बताउनुभएको छ ।

    आक्रमणमा क्रुज क्षेप्यास्त्र, साहेद ड्रोन र ब्यालेस्टिक मिसाइलको प्रयोग गरिएको कुद्रिट्स्कीले बताउनुभएको छ ।

    रुसी सेनाले थर्मल र हाइड्रोइलेक्ट्रिक पावर प्लान्टका साथै युक्रेनेर्गोद्वारा सञ्चालित मुख्य पावर सबस्टेशनलाई लक्षित गरेको उहाँले बताउनुभयो ।

    युक्रेनको दक्षिणी सहर जापोरिजियामा रहेको युक्रेनको सबैभन्दा ठुलो जलविद्युत केन्द्र डिनिप्रोहेसमा आक्रमण भएको युक्रेनको राज्य सञ्चालित जलविद्युत उत्पादन गर्ने कम्पनी युक्रेन हाइड्रोनेर्गोले जनाएको छ ।

    आक्रमणपछि डिनिप्रोहेसमा आगलागी भएको तर बाँध टुट्ने कुनै खतरा नभएको कम्पनीले टेलिग्राममार्फत जनाएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा रातारात ६० वटाभन्दा बढी लडाकू ड्रोन र विभिन्न प्रकारका करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको बताउनुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend