logo

२०८३ साउन १३ बुधबार

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै, के छ कार्यक्रम ?

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै, के छ कार्यक्रम ?


हाम्रो राष्ट्र
  • शुक्रबार, ९ चैत्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्नुहुने मन्त्रालयले जनाएको छ ।
    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । साथै भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कनुहुने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend