logo

२०८३ असोज ७ बुधबार

रूसले एलजिबिटी अभियानलाई राख्यो चरमपन्थी कालोसूचीमा

रूसले एलजिबिटी अभियानलाई राख्यो चरमपन्थी कालोसूचीमा


हाम्रो राष्ट्र
  • शनिबार, १० चैत्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । रुसको वित्तीय निगरानी संस्थाले शुक्रबार अन्तर्राष्ट्रिय एलजिबिटी (समलैङ्गिक, उभयलैङ्गिक र ट्रान्सजेन्डर) अभियानलाई आतङ्कवादी र चरमपन्थीको सूचीमा थपेको छ ।
      रुसको सर्वोच्च अदालतले गत नोभेम्बरमा अभियानलाई चरमपन्थी घोषणा गर्दै प्रभावकारीरूपमा देशभर एलजिबिटी अभियानको सक्रियतालाई प्रतिबन्ध लगाएको थियो ।
    क्रेमलिनले दुई वर्षअघि युक्रेनमा आफ्नो आक्रमण सुरु  गरेपछि रूढिवादी मोड लिएको छ । यसबाट द्वन्द्वलाई पश्चिम र उसका विचारहरूविरुद्ध युद्धभूमि बनाएको छ ।
    रूसले नाबालिगहरूमा निषेध गरिएको कानूनलाई विस्तार गर्दै सन् २०२२ मा युवाहरू माझ ‘गे प्रचार’ मा प्रतिबन्ध लगाएको थियो । यसले सार्वजनिक र सञ्चारमाध्यममा ‘गैरपरम्परागत यौन सम्बन्ध’ को कुनै पनि प्रतिनिधित्वलाई प्रभावकारीरूपमा निषेध गरेको थियो ।
    रूसी अदालतले बुधबार समलैङ्गिक बारका दुई कर्मचारीलाई ‘चरमपन्थी सङ्गठन’ सङ्गठित गरेको आरोपमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सर्वोच्च अदालतको फैसलापछिको यो पहिलो घटना हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend