logo

२०८३ साउन १३ बुधबार

गृहमन्त्री भन्छन : चिप्ला माछा फुत्किन खोज्छन्, होसियारीपूर्वक समात्छु

गृहमन्त्री भन्छन : चिप्ला माछा फुत्किन खोज्छन्, होसियारीपूर्वक समात्छु


हाम्रो राष्ट्र
  • आइतबार, ११ चैत्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिनुभएमा धेरै काम हुने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गर्नुभयो ।

    उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पानुभयो । उहाँले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराउनुभयो ।

    कांग्रेसले आफ्नो राजीनामा र संसदीय समिति बनाउन माग गरिरहेको सन्दर्भमा उहाँले सदनमा जवाफ दिन पाए राम्रो हुने बताउनुभयो । सहकारीका ठगीका विषयमा प्रतिवादी नभएको मान्छे कसरी दोषी भयो भन्दै उहाँले जिवी राई जहाँ भए पनि समातिने प्रतिबद्धता दोहोर्याउनुभयो । उहाँले सहकारीपीडितको बचत ब्याजसहित फिर्ता गराउने पनि बताउनुभयो ।

    थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम-२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गर्दै गृहमन्त्री लामिछानेले सरकारमा बसेर अनैतिक काम नगर्ने पनि स्पष्ट पार्नुभयो । भ्रष्टाचारको सन्दर्भ उप्काउँदै उहाँले भन्नुभयो, “कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन् । तिनीहरू फुत्किन खोज्छन् तर, तिनलाई होसियारीपूर्वक समाइन्छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend