logo

२०८३ साउन १३ बुधबार

दुर्गाको पक्षमा सर्वोच्चको फैसला : ‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’

दुर्गाको पक्षमा सर्वोच्चको फैसला : ‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’


हाम्रो राष्ट्र
  • सोमबार, १२ चैत्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ । न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend