logo

२०८३ साउन १३ बुधबार

बालुवाटारमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल

बालुवाटारमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल


हाम्रो राष्ट्र
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

    संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्री दाहालले नियमित छलफल गरिरहनुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend