logo

२०८३ असोज ७ बुधबार

सुनको मूल्य प्रतितोला १,२७,९०० रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला १,२७,९०० रुपैयाँ पुग्यो


हाम्रो राष्ट्र
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ ।

    बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend