logo

२०८३ साउन १३ बुधबार

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताउनुभएको छ । उहाँले सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताउनुभयो । नेकपा (एमाले) झापाको ११ आँैं जिल्ला अधिवेशनको आज विर्तामोडमा उद्घाटन गर्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

    समिकरणमा सामेल दलहरुले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रष्ट रुपमा उल्लेख रहेको उहाँले स्मरण गराउनुभयो । उहाँले यसअघि नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गर्नुभयो ।

    उहाँले एमाले र कांग्रेसबीच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरुबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,” उहाँले भन्नुभयो–“चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुबै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।”

    उहाँले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताउनुभयो । विसं २०८४ को आम चुनावमा एमालेले कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको स्पष्ट पार्नुभयो । कांग्रेसले विगतमा एमालेप्रति निषेधको राजनीति गरेको जनाउँदै उहाँले एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend