logo

२०८३ साउन १३ बुधबार

इलाम–२ उपनिर्वाचन : रास्वपाले कसलाई बनायो उम्मेदवार ?

इलाम–२ उपनिर्वाचन : रास्वपाले कसलाई बनायो उम्मेदवार ?


हाम्रो राष्ट्र
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
    रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारितामा आबद्ध रहँदै आउनुभएका लिम्बूलाई उम्मेद्वाार बनाउने निर्णयबारे जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिवसमेत रहनुभएका लिम्बूलाई पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारहरुबीच छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको थियो ।
    पार्टीको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सर्वसम्मतिमा निर्वाचित भई पार्टीका तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयनको निर्णय गरेको पार्टीका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend