काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा सांसद राजिव विक्रम शाहले संघ सरकारले जाजरकोट भूकम्पलाई लिएर संवेदनशीलता नदेखाएको आरोप लगाउनु भएको छ ।शुक्रबार (आज) प्रदेश सभामा बोल्दै उहाँले नेपाल सरकारले भूकम्पलाई लिएर असंवेदनशीलता प्रकट गरेको बताउनु भएको हो । भूकम्प प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारले गरेको निर्णयप्रति शाहले आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजपत्रमा भूकम्प गएको कार्तिक १७ गते तर राजपत्रमा असोज १७ गते उल्लेख गरेको छ । यो कतिसम्म संवेदनहीन काम हो ? जाजरकोटको सातवटा पालिका मध्य ६ वटा पालिकाको नाम संकटग्रस्त क्षेत्रभित्र समावेश गरिएको छ । तर शिवालय गाउँपालिका जाजरकोटको नाम नै छैन ।’ सांसद शाहले संघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै छुटाएको पालिकाको नाम तत्काल समावेश गर्न संघ सरकारसँग जोडदार माग समेत गर्नुभयो ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend