logo

२०८३ साउन १३ बुधबार

सङ्गठन निर्माणमा जुट्न नेता डा महतकाे आग्रह

सङ्गठन निर्माणमा जुट्न नेता डा महतकाे आग्रह


हाम्रो राष्ट्र
  • शनिबार, १७ चैत्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कार्यकर्तालाई सङ्गठन बिस्तारमा जुट्न आग्रह गर्नुभएको   ।

    आज नुवाकोटको विदुरमा नेपाली कांग्रेस नुवाकोटको सङ्गठन विभागले प्रकाशन गरेको ‘मार्गनिर्देश’ पुस्तक विमोचन गर्दै प्रवक्ता महतले पार्टीका गतिविधि वडाहुँदै गाँउटोलसम्म पु¥याउन निर्देशन दिनुभयो ।

    “पार्टी सदस्य लिएकालाई सक्रिय बनाउन र नयाँलाई सदस्यता दिन वडादेखि जिल्ला तहसम्मका नेतातथा कार्यकर्ता गाँउगाँउमा पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “सदस्यता लिएकालाई पार्टीमा टिकाउन, उनीहरुको गुनासो सुन्न र समस्या समाधान गर्न पार्टी सदस्यलाई उनीहरुकै घरमा  भेट्न जानसक्नुपर्छ ।”

    पछिल्लो समय पार्टीभित्र गुट र अनुशासनहीनताले पार्टी नेतृत्वले गरेको असल कामको प्रचार गलत रुपमा भइरहेको भन्दै पार्टी प्रतिनिधिले गरेका राम्रा कामको प्रचारमा लाग्न र गलत हुन खोजेमा खबरदारी गर्न प्रवक्ता महतले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    देशको शासन व्यावस्थाको सुधार, संविधान रक्षा र जनताका पक्षमा गर्नुपर्ने काममा कांग्रेसको योगदान विगतदेखि हालसम्म महत्वपूर्ण रहेको उहाँको भनाइ छ । “पार्टी सरकारमा हुँदा होस वा नहुँदा, जनताको हितमा हुने राम्रो काममा कांग्रेस सधैँ सकारात्मक छ । हिजोका दिनमा जस्तै भोलिका दिनमा पनि जनपक्षीय काममा पार्टी लागि रहन्छ लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

    उहाँले यसअघि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गर्ने अभ्यासलाई लयमा ल्याउन र कमजोर अवस्थामा पुगेको अर्थतन्त्र सुधार गर्न सक्षम भएको बताउनुभयो । “जनताबाट प्राप्त कर जनताको हितमा खर्चिनुपर्छ भनेर बजेट विनियोजन प्रणालीमा सुधार गरिएको छ”, उहाँले भन्नुभयो, “राजस्व र वैदेशिक लगानी वृद्धि, बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाइ शेयर बजारलाई सुधार गर्न सक्षम भएका छौँ ।”

    अहिलेको सुधारको सङ्केतलाई नियमित बनाउने हो भने देशको अर्थतन्त्र आगामी दिनमा थप बलियो बन्दै मुलुक आर्थिक समृद्धितर्फ लम्कने उहाँको विश्वास छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend