logo

२०८३ साउन १३ बुधबार

जाजरकोटका भूकम्पपीडतको हावाहुरीले उठिबास (फोटोफिचर)

जाजरकोटका भूकम्पपीडतको हावाहुरीले उठिबास (फोटोफिचर)


हाम्रो राष्ट्र
  • आइतबार, १८ चैत्र २०८०
  • 8.7K
    SHARES

    काठमाडौं । भूकम्प प्रभावित जाजरकोटमा हावाहुरीले ठूलो क्षति पुर्याएको छ । शनिवार अचानक चलेको हावाहुरीले अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितको उठिबास लगाएको हो । जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा हावाहुरीले क्षति पुर्याएको छ । गत कात्तिक १७ को भूकम्पपछि पहिलो किस्ता लिएर टहरा बनाएका पीडित समस्यामा परेका छन । उद्धार कार्यमा बिलम्ब हुँदा हावाहुरीसँगै वर्षातको समस्या हुने देखिएको छ । यसअघि पनि भूकम्पपछि चिसोका कारण जाजरकोटमा धेरैले ज्यान गुमाउनुपरेको थियो । हावाहुरीले कति क्षति भयो भन्ने एकिन जानकारी आइसकेको छैन । सामाजिक सञ्जालमा अचानक आएको हुरीले पुर्याएको क्षतिका तस्विर सार्वजनिक भएका छन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend