logo

२०८३ साउन १३ बुधबार

सिंहदरबार अगाडिबाट १५ प्रदर्शनकारी पक्राउ

सिंहदरबार अगाडिबाट १५ प्रदर्शनकारी पक्राउ


हाम्रो राष्ट्र
  • सोमबार, १९ चैत्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने दस पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवं अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend