काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद राजिव विक्रम शाहले भूकम्पबाट क्षतिग्रस्त जाजरकोट जिल्ला अदालतको विकल्प तत्काल तयार गर्न माग गर्नुभएको छ । आज कर्णाली प्रदेश सभामा बोल्दै उहाँले भूकम्पबाट क्षतिग्रस्त जिल्ला अदालतको पुननिर्माण गर्न समय लाग्ने भएका कारण तत्काल कुनै विकल्प तयार गर्नुपर्नेमा जोड दिनु भएको हो । जनतालाई न्याय दिने अदालतले नै अहिले बेवारिसे बनेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । भूकम्पबाट क्षतिग्रस्त जाजरकोट जिल्ला अदालतको विकल्प तयार नहुँदा न्याय सम्पादन समेत प्रभावित भएको उहाँको भनाई थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend