logo

२०८३ साउन १३ बुधबार

तनहुँमा आठ फिट लामो अजिङ्गरको उद्धार

तनहुँमा आठ फिट लामो अजिङ्गरको उद्धार


हाम्रो राष्ट्र
  • सोमबार, १९ चैत्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । तनहुँको व्यास नगरपालिका–१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो ।

    उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिनुभयो । अजिङ्गर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ । “स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो”, वन कार्यालयका कर्मचारी श्रेष्ठले भन्नुभयो, “आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend