logo

२०८३ साउन १५ शुक्रबार

कर्णालीमा एमालेलाई मुख्यमन्त्री, आज विश्वासको मत लिदैँ मुख्यमन्त्री शर्मा

कर्णालीमा एमालेलाई मुख्यमन्त्री, आज विश्वासको मत लिदैँ मुख्यमन्त्री शर्मा


हाम्रो राष्ट्र
  • मंगलबार, २० चैत्र २०८०
  • 1.6K
    SHARES

    File Photo File Photo

    काठमाडौं । सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाल)ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नैपर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।” मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा हिजो पत्र दर्ता गराइसक्नुभएको थियो । मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend