logo

२०८३ साउन १५ शुक्रबार

सहकार्य गर्दै देश विकास गर्नुपर्छ : नेता सिंह

सहकार्य गर्दै देश विकास गर्नुपर्छ : नेता सिंह


हाम्रो राष्ट्र
  • बिहिबार, २२ चैत्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुक विकासका लागि सबै दलले सहकार्य गर्नुपर्ने बताउनुभएको छ । झापाको विर्तामोडमा आज सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २९औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै उहाँले सबै दलको सहकार्य आवश्यकता भएको बताउनुभएको हो ।

    “एउटा सहकारीमा धेरै किसिमका सदस्य भए पनि मिलेर काम गरिन्छ, त्यहाँ यो वा त्यो दलको मान्छे भन्ने हुँदैन, सहकार्य मात्र हुन्छ”, उहाँले भन्नुभयो, “त्यसरी नै दलहरुले पनि समग्र मुलुकको विकास निमित्त मिलेर काम गर्न जरुरी छ ।” सहकारीले स्वास्थ्य, शिक्षा, उत्पादन, बजारीकरणलगायत क्षेत्रमा काम गर्नुपर्ने उहाँको सुझाव छ ।

    संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको नेफ्स्कुनका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल, नेपाली कांग्रेस झापा सभापति देउमान थेवे, पूर्वकृषिमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता झलकसिंह दर्लामी लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा मनोक्रान्ति प्रवर्तक डा योगी विकाशानन्दले जीवनलाई सफल बनाउने विषयमा प्रशिक्षण दिनुभएको थियो । स्थापना दिवसअन्तर्गत चैत २२ र २३ गते युवालक्षित कार्यक्रम (सुपर लर्निङ) र २४ गते तनाव व्यवस्थापनको साथै  बृहत् स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend