logo

२०८३ साउन १३ बुधबार

नयाँ सरकार गठनार्थ मुख्यमन्त्रीमा दाबी पेस गर्दै नेता कँडेल

नयाँ सरकार गठनार्थ मुख्यमन्त्रीमा दाबी पेस गर्दै नेता कँडेल


हाम्रो राष्ट्र
  • बिहिबार, २२ चैत्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्नुहुने भएको छ ।

    प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिनुभएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि उहाँले दाबी पेसका लागि आह्वान गर्नुभयो ।

    प्रदेश प्रमुखको आह्वानअनुसार आज नेता कँडेलले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्नुहुने एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले जानकारी दिनुभयो ।

    “माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसक्षम दाबी पेस गर्न जान्छौँ”, उहाँले भन्नुभयो ।

    कर्णाली प्रदेश प्रमुख परियारले मुख्यमन्त्री पदका लागि यही चैत २७ गते बेलुका ५ः५० बजेभित्र दाबी पेस गरिसक्नुपर्ने गरी समयसीमा तोक्नुभएकाे छ । प्रदेश प्रमुख परियारले बुधबार विज्ञप्ति जारी गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend