logo

२०८३ साउन १३ बुधबार

जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन


हाम्रो राष्ट्र
  • बिहिबार, २२ चैत्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । जापानको राजधानी टोकियो नजिकैको चिबा प्रान्तमा ११२ वर्षीय एक वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

    सन् १९११ को नोभेम्बर ६ मा जन्मिएका गिसाबुरो सोनोबे सन् २०२२ मा १११ वर्षमा देशकै सबैभन्दा वृद्ध व्यक्ति घोषित हुनुभएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै जापानको राष्ट्रिय समाचार संस्था क्योदोले जनाएको छ ।

    सोनोबे बस्ने तातेयामाको नगरपालिका सरकारले उहाँको परिवारको अनुरोधमा उहाँको मृत्युको मिति र कारण खुलाएको छैन ।

    बुधबार गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्ट पेरेजको ११४ वर्षको उमेरमा भेनेजुएलामा निधन भएको जनाएको थियो । सोनोबे विश्वकै वृद्ध व्यक्तिका रूपमा अर्को उपाधि धारक हुने अपेक्षा गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend