logo

२०८३ साउन १५ शुक्रबार

चितवनमा खोरेतविरुद्धको खोप अभियान

चितवनमा खोरेतविरुद्धको खोप अभियान


हाम्रो राष्ट्र
  • शनिबार, २४ चैत्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो ।

    अभियानअन्तर्गत पालिकाका सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । “आजदेखि अभियान थालेका छौं यो अभियान वैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।

    हाम्रो अभियान पालिकाका पशुलाई रोगमुक्त बनाउनु हो । ” उहाँले भन्नुभयो, “पहिलो चरणमा गाई, भैँसी र बङ्गुरलाई खोपलगाइनेछ ।” बाख्रालाई भने भर्खरै पिपीआर रोगविरुद्धको खोप लागएकाले केही समयपछि मात्र खोरेतविरुद्धको खोप लगाइने उहाँले बताउनुभयो ।

    खोरेत लागेका पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने, ज्वरो आउनेलगायत लक्षण देखिने पशु विकास अधिकृत पौडेलले बताउनुभयो । अभियानलाई सफल पार्न किसानका घरगोठमा पुगेर खोप लगाइने जानकारी पनि उहाँले दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend