logo

२०८३ साउन १३ बुधबार

मोडर्न कन्या कलेजद्धारा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

मोडर्न कन्या कलेजद्धारा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • शनिबार, २४ चैत्र २०८०
  • 9.5K
    SHARES

    काठमाडौं । काठमाडौ भीमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेज बानेश्वरले नयाँ बिद्यार्थीको स्वागत र स्नातक उतीर्ण गरेका विद्यार्थीहरुको विदाई गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा डा वासुदेव त्रिपाठीले दीक्षित बिद्यार्थीहरुलाई राष्ट्रको माटो र मुटुलाई जोडेर केही गर्न र जानेको ज्ञान लाई सदुपयोग गर्न सुझाव दिनु भयो । महिलाको निम्ति महिला विश्वविद्यालय आवश्यक रहेको भन्दै त्यसतर्फ लाग्न सुझाव दिनु भयो ।

    कार्यक्रममा प्रा डा आर्किटेक्ट मधुरा कार्की , संविधानबिद काशीराज दाहाल, नेपाल रास्ट्र बैकका पूर्व निर्देशक अन्जु अधिकारी , चर्चित नायिका वर्षा शिवकोटी, निरमाया लगायत सहभागी थिए । चलचित्र निर्देशक रमेश कोइराला ,लगायतले मन्तव्य दिए ।

    कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष डा रामप्रसाद दाहालले गर्नु भएको थियो । कार्यक्रमको दोस्रो सत्रमा छात्राहरूबाट नेपाली सस्कृतिको पहिचान दिने गरि १७ वटा नृत्यहरु प्रस्तुत गरेका थिए । कलेजका अध्यक्ष डा रामप्रसाद दाहालले सो अवसरमा नायिका बर्षा शिवाकोटीलाई दोसल्ला माला र सन्मान पत्र अर्पण गरेर सम्मान गर्नुभएको थियो

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend