logo

२०८३ साउन १३ बुधबार

युक्रेनको मुद्रा सञ्चिति उच्च, ४४ अर्ब अमेरिकी डलरसहित रेकर्ड

युक्रेनको मुद्रा सञ्चिति उच्च, ४४ अर्ब अमेरिकी डलरसहित रेकर्ड


हाम्रो राष्ट्र
  • आइतबार, २५ चैत्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्ड सहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैङ्कले जनाएको छ ।

    मार्चमा युक्रेनको विदेशी निक्षेप अन्तर्राष्ट्रिय सहायताको कारण १८ प्रतिशतले बढेको छ । युक्रेनले विदेशी साझेदारहरूबाट लगभग ९.३ अर्ब डलर प्राप्त गरेको थियो जसमा युरोपेली सङ्घबाट ४.९ अर्ब डलर तथा विश्व बैङ्कबाट १.६ अर्ब डलर प्राप्त गरेको छ ।

    मार्चमा युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का लागि आफ्नो दायित्व पूरा गर्न करिब ७२ करोड ८० लाख डलर र सार्वजनिक ऋणको सेवा र भुक्तानीका लागि करिब ३६ करोड ३० लाख डलर खर्च गरेको थियो । हाल, युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति करिब छ महिनाका लागि पर्याप्त छ ।

    युक्रेनको विदेशी मुद्रा भण्डार सन् २०२३ मा ४०.५ अर्ब डलर रहेको छ जुन सन् २०२२ को तुलनामा ४२ प्रतिशतले बढी हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend