logo

२०८३ असोज ७ बुधबार

सुनको मूल्य एक सयले बढ्यो

सुनको मूल्य एक सयले बढ्यो


हाम्रो राष्ट्र
  • मंगलबार, २७ चैत्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।

    सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ ।

    त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा रु एक हजार  सय ८५ निर्धारण भएको जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend