logo

२०८३ असोज ७ बुधबार

कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग

कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग


हाम्रो राष्ट्र
  • मंगलबार, २७ चैत्र २०८०
  • 1.7K
    SHARES

    नेपाली काङ्ग्रेस संसदीय दल कार्यसमितिको बैठक काठमाडौँ, २७ चैतः नेपाली काङ्ग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा संसद्को आगामी बैठकको तयारी सम्बन्धमा छलफल गदै । तस्बिरः किरणराज विष्ट÷रासस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज यहाँ बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

    सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सहकारीको रकम अपचनमा गृहमन्त्री नै संलग्न भएकाले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि संसदीय समिति गठनको माग गरेको हो । यसअघि पार्टी उक्त माग गर्दै आएको र आज संसदीय दलको बैठकले माग उचित छ भन्ने ठहर गर्दै तत्काल मागबमोजिम समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो ।

    आफ्नो मागप्रति सरकार गैरजिम्मेवार हुन्छ र समिति नबनेसम्म संसद्मा हुने अवरोधको जिम्मा स्वयं सरकारले नै लिनुपर्ने कांग्रेसको भनाइ छ । प्रमुख प्रतिपक्षी दलका हैसियतले रचनात्मक रुपमा तर सरकारका कमिकजोरीलाई सशक्त रुपमा उठाउने विषयमा बैठक एकमत रहेको प्रमुख सचेतक लेखकले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend