logo

२०८३ साउन १५ शुक्रबार

सुनको मूल्य पाँच सयले बढ्यो

सुनको मूल्य पाँच सयले बढ्यो


हाम्रो राष्ट्र
  • बुधबार, २८ चैत्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ ।

    मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ ।

    त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend