logo

२०८३ साउन १३ बुधबार

कञ्चनपुरमा लागुऔषध मुद्दामा २१६ जना पक्राउ

कञ्चनपुरमा लागुऔषध मुद्दामा २१६ जना पक्राउ


हाम्रो राष्ट्र
  • सोमबार, ३ बैशाख २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुव्र्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०÷९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन् । उहाँका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ ।

    “अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा सङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ”, प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।”

    जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । “सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो”, उहाँले भन्नुभयो, “हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ ।” लागुऔषध मुद्दामा पक्राउ गरेका अधिकांश युवा छन् ।

    “कारागारमा ३८ प्रतिशत कैदीबन्दी लागुऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “यसको नियन्त्रणका लागि प्रहरीसँगै सामूहिक प्रयास आवश्यक छ ।” लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहरेको उहाँले बताउनुभयो ।

    त्यसैगरी बिगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । यहाँका विभिन्न स्थानबाट भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको रु चार करोड ४२ लाख ८४ हजार मूल्य बराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend