logo

२०८३ साउन १३ बुधबार

१७०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१७०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


हाम्रो राष्ट्र
  • मंगलबार, ४ बैशाख २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सातले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend