logo

२०८३ साउन १३ बुधबार

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित


हाम्रो राष्ट्र
  • बुधबार, ५ बैशाख २०८१
  • 1.7K
    SHARES

    df]ltljGb'sf la/fdLsf] lgz'Ns zNolqmof uf]/vf, % j}zfv . uf]/vfsf] eLd;]g yfkf ufpFkflnsf leq ;~rflnt & lbg] lgz'Ns cfFvf lzlj/sf qmddf df]ltljGb'sf] ck|];g ug'{kg]{ la/fdLx?sf] lgz'Ns ck|];gkl5sf] ;fd'lxs tl:j/ . lzlj/df kflnsf leqsf ! xhf/ %* hgfsf] cfFvfsf] hfFr ul/Psf]df &* hgfsf] df]ltljGb'sf] zNolqmof ul/Psf] xf] . tl:j/ M bLks >]i7÷/f;;

    काठमाडौं । जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

    शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

    पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताउनुुभयो । शिविरमा नौ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend