logo

२०८३ साउन १३ बुधबार

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा


हाम्रो राष्ट्र
  • शुक्रबार, ७ बैशाख २०८१
  • 1.6K
    SHARES

    काँक्रेविहार (सुर्खेत), ७ वैशाख: भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।

    डोल्पा ,जाजरकोट रुकुम पश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले राससलाई बताउनुभयो । पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो । आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उहाँले बताउनुभयो ।

    पुलका निम्ति रु तीन करोड ८१ लाख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत , नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो ।

    एक सय १८ किलोमिटर लामो जाजरकोट– डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ ।
    –––

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend