काठमाडौं । इलाम क्षेत्र –२ मा जारी मतदानमा उत्साह देखिएको छ । शिर्ष दलका उम्मेदवारले पनि मतदान गरेका छन । नेपाली कांग्रेसका तर्फबाट यो क्षेत्रका उम्मेदवार डम्बर खड्काले इलाम नगरपालिका ७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मतदान गर्नुभयो । नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतदान गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यालयमा मतदान गरिसक्नुभएको छ ।
सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो । यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend