logo

२०८३ साउन १३ बुधबार

कर्णाली प्रदेश सरकार बिस्तार

कर्णाली प्रदेश सरकार बिस्तार


हाम्रो राष्ट्र
  • मंगलबार, १८ बैशाख २०८१
  • 1.5K
    SHARES

    कर्णाली प्रदेश–शपथ ग्रहण सुर्खेत, १८ वैशाखः कर्णाली प्रदेश प्रमुख तिलक परियार कर्णाली प्रदेश सरकारको मन्त्री पदमा नियुक्त हुनुभएका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, भौतिक, पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै । तस्बिरः सुरेश आचार्य÷रासस

    काँक्रेविहार, (सुर्खेत), १८ वैशाखः मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गर्नुभएको हो ।

    प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना, वीरबहादुर शाहीलाई सामाजिक विकास, दुर्गाबहादुर रावतलाई उद्योग, पर्यटन वन तथा वातावरण र रनसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जम्मेवारी दिइएको छ ।

    साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेरबहादुर बुढालाई भौतिक पूर्वाधार, विनोदकुमार शाहलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक नियुक्त हुनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कँडेल आफैंले राख्नुभएको छ ।

    नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend