काठमाडौं । नेपाली कांग्रेसले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही प्रमुख रहनु भएको नेपाली कांग्रेस वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नु भएको हो । सदस्यमा मनोनीत चित्र केसी नेपालमा विद्यार्थी राजनीतिदेखि पार्टीको हरेक गतिविधिमा निरन्तर सक्रिय कुशल संगठन कर्ता, नेपाली जनसम्पर्क समिति युएईंका संस्थापक सभापति, नेपाली कांग्रेसका महासमिति सदस्य, एनआरएनएका केन्द्रीय सदस्य तथा बौद्धिक व्यक्तित्व पनि रहनुभएको छ ।
मनोनयन हुनु भएका सदस्यहरू
१. श्री चित्रवहादुर के.सी., रुपन्देही, हाल संयुक्त अरव इमिरेट्स
२. श्री नविन शेरचन, मुस्ताङ, हाल अमेरिका
३. श्री राजेन्द्र अधिकारी, लमजुङ
४. श्री जयश वोहरा, मोरङ्ग
५. श्री देवकुमार खोखाली, सिन्धुपाल्चोक
६. श्री दिपक थापा, स्याङ्जा
७. श्री महेश वस्नेत, उदयपुर
८. श्री सुजित श्रेष्ठ, झापा
९. श्री हिरादेवी वुढाथोकी, काठमाण्डौ
१०. श्री संजय पनेरु, गोरखा
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend